देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी बढाउन पनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्नुपर्ने बताए । स्वदेशी कच्चा पदार्थ र सीपमा आधारित उत्पादन प्रवर्द्धनका लागि यस्ता एक्स्पो र व्यापार मेलाले भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

नेपाली अर्थ क्षेत्रमा चेम्बरले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सधैँ सकारात्मक रहेको पनि बताए। कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको भन्दै उनले पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्धन गर्ने कार्यक्रमहरू ल्याउन निजी क्षेत्रलाई आग्रह पनि गरे ।

यस्ता एक्स्पोहरूले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्ने भएकाले निरन्तर गरिरहनुपर्ने उनको भनाइ छ ।