देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश १,  मधेश, बागमती र गण्डकीका केही, लुम्बिनीका थोरै र अन्य प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ ।  अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।