देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएन । अहिले नेपालमा एक सय चार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार तीन सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।