देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपिपी ओलीकै पालामा अघि बढेको हो: विश्वप्रकाश शर्मा

देशान्तर

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् ।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै कार्यक्रम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताए ।उनले कूटनीतिक मर्यादाविपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले एसपिपी जो आएको छ। तपाईँहरु सबैले हेर्नु भो। यसले २/३ वटा कुरालाई सार्वजनिक रुपमा क्लियर गरेको छ। एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भिर रहेनछौं। कुनै पत्र लेखिन्छ। पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ । महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए ।