देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

देशान्तर

काठमाडौं – अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज (आइतबार) बिहानको बैठकमा बोलाएपछि प्रधानमन्त्री देउवा अनुपस्थित भए । उनको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थित हुन नसक्ने बताएको समितिकी सभापति पबित्रा निरौला खरेलले बताए ।

आफूले आइतबार बिहानभर पनि प्रधानमन्त्रीलाई फोन गरेर बैठकमा उपस्थित हुन भने पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सभापति खरेलले प्रधानमन्त्री देउवाले संसदको अपमान गरेको आरोप लगाए । समितिले गत शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग एसपीपीका विषयमा छलफल गरेको थियो ।