देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

देशान्तर

काठमाडौं – सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले शीर्ष नेताहरुको बैठक बसेको तर बैठकमा के विषयमा छलफल भएको हो भन्ने विषयमा भने आफूलाई जानकारी नभएको बताए ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता रहेको थियो ।