देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपीपी गर्ने दुस्साहस कहाँबाट आयो : प्रदीप ज्ञवाली

देशान्तर

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहस कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा एमाले सांसद ज्ञवालीले संयुक्त राष्ट्रसंघको निलो हेल्मेट लगाएर बाहेक संयुक्त अभ्यास गर्ने गरिएको बताए । उनले अघि भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला रु’
सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनले बताए । कतै नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्र त होइन भन्ने आशंका गर्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘यो कहाँबाट आयो रु गम्भीरतापूर्वक खोजी गरिदिनुपर्छ ।’

साथै उनले आगामी दिनमा नेपाली सेनाले गर्ने यस्तो पत्रचारहरुमा परराष्ट्र लगायतका सरोकारवाला मन्त्रालयको राय अनिवार्य लिन निर्देशन दिनुपर्ने समेत बताएका छन् ।