देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९४ अंकले नेप्से बढ्दा २ अर्ब १९ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – सेयर बजारमा पूरै हरियाली देखिएको छ । साताको सुरुवाती कारोबार दिन आज नेप्से ९४ दशमलव ९२ अंकले बढेर १९ सय ५६ दशमलव ९८ अंकमा चढेको छ । दुई सय २० कम्पनीको ४४ हजार तीन सय ४१ पटकको कारोबारमा ६३ लाख ६३ हजार पाँच सय ९० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार आठ सय ४९ रुपैयाँ पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९३ अंकले बढेर तीन सय ८२ दशमलव ८४ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक एक सय ५६ दशमलव ९२ अंकले बढेर दुई हजार एक सय ९५ दशमलव ६३ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ६२ दशमलव ८८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक तीन सय ६६ दशमलव ७८ अंकले बढेर नौ हजार तीन सय ३५ दशमलव ३७ अंकमा चढेको छ ।

विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन्।नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव पाँच अंकले बढेर १३ सय ५२ दशमलव ९८ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक दुई सय ५७ दशमलव १४ अंकले बढेर तीन हजार तीन सय ५३ दशमलव ६३ अंकमा चढेको छ ।

यसैगरी आज कुमारी बैंकको प्रतिकित्ता दुई सय तीन रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ६४ लाख ३८ हजार नौ सय ५३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २० रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंक ऋणपत्र ८४ को प्रतियुनिट सेयर मूल्य दुई दशमलव १६ प्रतिशतले घटेर आठ सय २८ रुपैैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।