देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुन्छ : मन्त्री चौधरी

देशान्तर

काठमाडौं – नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शपथ ग्रहणपछि आज मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताए। कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिए। उनले भने ,“व्यक्ति भनेर लाग्दा संविधान बिग्रन्छ, यो विगतमा हामीले देखिसकेका छौँ, सबै जना विधिअनुसार चल्नुपर्छ, जिम्मेवारी र दायित्वअनुसार मुलुक निर्माणमा योगदान गर्नुपर्छ, कर्मचारीले नयाँ मन्त्री आउने बित्तिकै सरुवा हुन्छ भनेर डराउनुपर्दैन, नियोजित रुपमा असहयोग गर्नेलाई भने छोड्न सकिँदैन ।”

सीमान्तकृत वर्गदेखि राष्ट्रपतिसम्मको आवास निर्माण गर्ने, सहरी विकास र सरकारी भवन निर्माणको जिम्मेवारी पाएको मन्त्रालयलाई सही दिशा दिने प्रतिबद्धता मन्त्री चौधरीको रहेको थियो । मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले आवास तथा बस्ती विकास, सरकारी भवन र सहरी विकासका क्षेत्रमा काम गर्ने गरी मन्त्रालय स्थापना भएको जानकारी गराए । मन्त्रालयले सहरी विकास, बागमती सभ्यता संरक्षण ऐन,–२०७९ मस्यौदा गरी अघि बढाउने तयारी गरेको जानकारी पनि उनले गराएका थिए ।