देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

देशान्तर

काठमाडौं – भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले आज राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएको हो ।

उनको उम्मेदवारीका लागि संसद भवन गएका बेला कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, जम्मु एण्ड काश्मिर नेश्नल कन्फेरेन्सका प्रमुख फारुक अब्दुल्लाह, तेलङगना राष्ट्र समितिका नेता तथा तेलङ्गनाका मन्त्री के टी रामा राओलगायतको उपस्थिति रहेको थियो । ती सबै पार्टीको तर्फबाट उहाँलाई समर्थन रहेको जनाइएको छ ।

यसअघि गत शुक्रबार राष्ट्रपतिका उम्मेदवार सिंहले आफू निर्वाचित भएमा आफूले सँधै किसान, मजदुर, बेरोजगार युवा, महिला र सबै अल्पसंख्कहरुको आवाज उठाइरहने प्रतिवद्धता जनाएका थिए । विपक्षी दलहरुले आफूलाई राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउने निर्णय निर्विरोध रुपमा गरेकोमा पनि उनले सबैलाई धन्यवाद दिए । भारतमा आगामी जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ। एनडीएको तर्फबाट भने द्रौपती मुर्मुले गत जुन २४ मै उम्मेदवारी दर्ता गराइएको हो ।