देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय पोसाक स्थापना गर्न माग

देशान्तर

काठमाडौँ । सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै विहिवार राजधानीमा प्रदर्शनी गरिएको छ ।

श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको अगुवाइमा करिब १३ बढी सङ्घ संस्थाका युवाले सालको पातबाट बनेको पोसाक लगाएर अर्धनग्न भई माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म ¥याली निकाल्दै यस्तो माग गरेका हुन् ।

श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द माण्डव्यले हिमाल, पहाड र तराईका १२५ जातजातिको साझा पोसाक स्थापना गरी विदेशी औपचारिक भम्रणका समयमा पनि देश चिनाउने साझा पोसाक आवश्यक भएको बताए ।

उनले भने, “दौरा सुरुवाल, टोपी, गुन्युचोलीलाई राष्ट्रिय पोसाक बनाई देशका उच्च व्यक्तित्व, सरकारी कार्यालय, सबै अन्तर्राष्ट्रिय औपचारिक भ्रमणमा राष्ट्रलाई प्रतिनिधित्वमा अनिवार्य साझा पोसाक लगाउनुपर्ने व्यवस्था गर्नुपर्छ ।”
अभियानले विगत पाँच वर्षदेखि हरेक वर्ष पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवस घोषणा गर्नसमेत माग गर्दै आएको छ ।