देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोली चलाउने युवक पक्राउ

देशान्तर

बागलुङ । बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् ।

बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल, दुई थान म्याग्जिन र ११ थान गोलीसहित पक्राउ गरेको हो ।

रेश्मीलाई बुर्तिबाङ बजारदेखि डेढ किलोमिटर टाढा खप्तरीबाङ भन्ने ठाउँबाट बुधबारै साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बुर्तिबाङ बसपार्कमा रहेको न्यू बुटवल थकाली भान्छाघरभित्र पसी गोली चलाएर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । रेश्मीले चलाएको गोलीबाट होटलको भित्तामा प्वाल परे पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले बताए।

रेश्मीलाई अहिले इलाका प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।