देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाद्वारा बधाई

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ एन्फाको नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए। यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी छन् । त्यसैगरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी छन् ।महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ रहेकका छन् ।