देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित

देशान्तर

काठमाडौं । गत वैशाख १७ गते भएको भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ ।

लोकसेवा आयोगले लिएको लिखत परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । त्यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ ।

लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो ।

लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको छनोटको निर्णय गरेको हो ।