देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दिउँसो र राति आज मध्यम वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेकाे छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, बाँकी भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।