रुपन्देही । बर्दियाको नेपाल भारत सीमामा रहेको जंगलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ ।
बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जंगलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो ।
सीमावर्ती जङ्गलमा निउरोको साग टिप्न गएका गोडियामाथि भारतीय अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।





प्रतिक्रिया