देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने

देशान्तर

काठमाडौं – सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ।

जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए।

अखिल नेपाल कबड्डी सङ्घका कोषाध्यक्ष समेत रहेका झाका अनुसार सो प्रतियोगिता राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा सञ्चालन हुने छ ।