देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५७ अंकले नेप्से बढ्दा २ अर्ब ४८ करोडको कारोबार

देशान्तर

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढेको छ। नेप्से आज ५७ दशमलव ६५ अंकले बढेर दुई हजार ८६ दशमलव ४२ अंकमा पुगेको छ। दुई सय ३१ कम्पनीको ४५ हजार एक सय २० पटकको कारोबारमा ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नौ सय ९९ रुपैयाँ पुगेको छ। यस्तै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २१ अंकले बढेर तीन सय ९८ दशमलव ८२ अंकमा पुगेको छ। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ८३ अंकले बढेर १३ सय ८९ दशमलव पाँच अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि एक सय १८ दशमलव पाँच अंकले बढेर तीन हजार ६ सय ६ दशमलव ८० अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक एक सय २८ दशमलव २५ अंकले बढेर २४ सय चार दशमलव ७० अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ८१ दशमलव ५१ अंकले बढेर आठ हजार चार सय ५६ दशमलव २२ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ७० दशमलव ४९ अंकले बढेर १० हजार एक सय ६ दशमलव २५ अंकमा चढेको छ ।

यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन् ।यसैगरी आज न्यादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता पाँच सय नौ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २८ लाख ६९ हजार आठ सय ८९ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

नेप्सेमा आज साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन हजार नौ सय ८९ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बैंक अफ काठमाडौं ऋणपत्रको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ३१ प्रतिशतले घटेर आठ सय ७१ रुपैयाँ ८९ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।