देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीको केन्द्रीय समिति बैठक जारी

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ । प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गरेका थिए ।

आइतबारको बैठकमा नेताहरुले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका थिए। गत पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।