काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसादको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेका हुन ।
उनले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको उल्लेख गरे । नेतृ कोइरालाले संग्रहालय बनाउनसके कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी थियो।
उनले कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताए।





प्रतिक्रिया