काठमाडौं – राजधानी उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत राख्नुपर्नेमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत देखिएका छन् ।
तर नेकपा माओवादी केन्द्रले भने यो व्यवस्था राख्न नहुने धारणा राखेको छ ।
मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राजधानी उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने वा प्रदेश सरकार मातहत राख्ने भन्ने विषयमा धारणा राखिरहेका छन् ।
संविधान अनुसार शान्ति सुरक्षाको अधिकार प्रदेश सरकारलाई रहेकाले राजधानीको सुरक्षा प्रदेश सरकार मातहत नै राख्ने वा केन्द्र सरकार मातहत राख्ने भन्ने विवाद छ ।





प्रतिक्रिया