देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, २० घाइते

देशान्तर

काठमाडौं – रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । २० जना घाइते भएका छन् । नौ जनाको घटनास्थलमै र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा रामेछापको सुनापति गाउँपालिका ५ का ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ, खटबहादुर तामाङ र सुनापति गाउँपालिका ४ बस्ने समिता तामाङ छिन् । यस्तै ज्यान गुमाउनेमा काभ्रेको रोशी गाउँपालिका ४ का कमल तामाङ, पाँचखाल नगरपालिका ८ सुदीप बस्नेत, मन्डनदेउपुर ९ का शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ का कुलबहादुर विकको पहिचान खुलेको छ ।

ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज ९मंगलबार० बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । घाइतेको धुलिखेल अस्पतालमा भईरहेको छ ।