देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री कुँवरले गरे ईपीएस प्राणालीमार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन

देशान्तर

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा बुझेका छन् । रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्छ ।

यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् । अहिले विद्यार्थीले युविटी मार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिन अघि विद्यार्थीको बाडोमेटीक तथ्यांक राख्ने काम गरिन्छ ।

त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ । यो वर्ष ४४ हजार जना कृषी र पशुपान तर्फको परीक्षमा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिएका छन् ।