देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक रोकेर सभामुखसँग परामर्श

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन ।

बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनादर्न शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ ।

तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधि सभामा राख्न चाहेका छन् । एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । छलफलमा सहभागी एक सांसद भन्छन्, ‘एमाले सहमत भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनेतिर जान्छौं ।’