देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठक आज १ बजे बस्ने तय भएको थियो ।

अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्षनेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मंगलबार पनि स्थगित भएको थियो । माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरे । बैठक स्थगन भएसँगै अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम रोकिएको छ ।