देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा

देशान्तर

काठमाडौं – इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का अवसरमा सरकारले आइतबार (असार २६ गते) सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै आइतबार देशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राजपत्रमा मिति २०७८र११र२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व वि. सं २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’