देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

देशान्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ ।

बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ ।

पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो र पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो ।

मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरे ।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बुधबार प्रचण्डले जवाफ दिने र पदाधिकारी, स्थायी, पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने कार्यक्रम थियो ।

माओवादी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ र २० गते सञ्चालन भएको थियो ।