देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्तिम कारोबार दिन नेप्से ३४ अंकले घट्दा १ अर्ब १६ करोडको कारोबार

देशान्तर

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से घटेको छ । अघिल्लो दिन १६ दशमलव ६ अंकले घटेको नेप्से आज शुक्रबार पुनः ३४ दशमलव ७१ अंकले घटेर १९ सय ९२ दशमलव ६१ अंकमा झरेको छ । दुई सय १७ कम्पनीको २० हजार एक सय २० पटकको कारोबारमा ३० लाख ६३ हजार चार सय ५३ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब १६ करोड ८४ लाख ४२ हजार चार सय ४४ रुपैयाँ पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६१ अंकले घटेर तीन सय ७९ दशमलव ८८ अंकमा झरेको छ । नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै राताम्मे भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ७२ अंकले घटेर १३ सय ४४ दशमलव ८९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ९४ दशमलव ७८ अंकले घटेर तीन हजार तीन सय ८५ दशमलव चार अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ८९ दशमलव ३६ अंकले घटेर आठ हजार एक सय सात दशमलव ६५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ९३ दशमलव सात अंकले घटेर नौ हजार नौ सय सात दशमलव नौ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

जलविद्युत् समूहको सूचक ५९ दशमलव ३२ अंकले घटेर २२ सय ९८ दशमलव ५८ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ४७ दशमलव ९९ अंकले घटेर १५ सय ३३ दशमलव ८३ अंकमा झरेको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ५० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ५९ लाख ८३ हजार पाँच सय ५५ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज ग्लोबल आईएमई समुन्नत योजना १ को प्रतियुनिट सेयर मूल्य दुई दशमलव ८२ प्रतिशतले बढेर नौ रुपैयाँ ८५ पैसामा कारोबार हुँदा हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४४ प्रतिशतले घटेर दुई सय २६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।