देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बूढीगंगा १ र १० मा एमाले विजयी

देशान्तर

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाको वडा नं. १ र १० मा एमाले विजयी भएको छ ।

वडा नं. १ मा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत मात्र ल्याए ।

यस्तै १० मा एमालेका दलबहादुर सावद ५४८ मतसहित वडाध्यक्षमा विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए ।

मेयर उपमेयर दुवैमा एमालेको अग्रता छ । वैशाख ३० गतेको स्थानीय चुनाव बदर गरी बूढीगंगामा बिहीबार मतदान गरिएको हो ।