देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशान्तर

काठमाण्डाै । आज चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए । उनका अनुसार कास्की, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, दाङ, तनहुँ, रुकुमलगायतका ठाउँमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि यी चार वटा प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

मनसुन सक्रिय भएको केही दिनपछि ठूलो पानी परेको भएपछि अहिले यो क्रम बिस्तारै कम भएको मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, मधेस र वाग्मतीमा भने आंशिकदेखि सामान्य बद्ली रही सामान्यतया मौसम सफा रहने अनुमान छ।