देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नै तलबले यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन्द्र शाह

देशान्तर

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने बताएका छन्।उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्।

उनले लेखेको छ, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’ यसअघि महानगरपालिकाले नै यम बुद्धको सालिक बनाउन बजेट विनियोजन गरेको भन्दै मेयर साहको आलोचना हुँदै आएको थियो।