देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाजुराको बूढीगंगा नगरपालिकामा एमाले विजयी

देशान्तर

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् ।

मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का विजयी भएकी हुन् । निर्वाचन कार्यालयले भने चुनावी परिणामको अन्तिम नतिजा घोषणा गर्न बाँकी छ ।

मेयरमा विजयी भएका बानियाँले ४ हजार ७७७ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाए ।

यस्तै, उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत पाइन्
नगरपालिकाका १० वटा वडामध्ये सात वटामा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० का वडाध्यक्ष जितेको हो । यस्तै वडा नम्बर ४, ७ र ८ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

१३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो । गत बैशाख ३० गते भएको निर्वाचनमा झडप भएपछि बूढीगंगामा गत बिहिबार पुनः निर्वाचन गरिएको हो ।

कांग्रेसबाट उम्मेदवार बनेका खाती महान्यायाधीवक्ता खम्बबहादुर खातीका सहोदर भाइ हुन । बैशाखमा महान्यायाधीवक्ता खातीकै हस्तक्षेपका कारण निर्वाचन विथोलिएको आरोप लगाइएको थियो ।