देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

आज (सोमबार)अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकका विषयमा छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको बुझिएको छ ।

उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

आइतबार साँझ उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए ।