काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका राजदूत नियुक्त्त गरेकी छन् । उनले इजिप्ट र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त्त गरेकी हुन् । सुशीलकुमार लम्साल इजिप्टका लागि राजदूत नियुक्त्त गरिएका छन् ।
यस्तै भरतकुमार रेग्मी अष्ट्रियाका लागि आवासीय राजदूतमा नियुक्त्त गरिएका छन् । रेग्मीलाई संयुक्त्त राष्ट्रसघ कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधिको पनि जिम्मेवारी दिइएको छ ।
नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । लम्साललाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आवासीय राजदूत पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया