देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गभर्नरबारे छानबिन गर्न माग

देशान्तर

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरेकी छन् ।

उनले सो बारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरिन्। एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।