देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जडीबुटी बिमा आजदेखि लागु

देशान्तर

काठमाडौं – जडीबुटी बिमा आजदेखि लागु हुने भएको छ । साउनदेखि लागु हुनेगरी बिमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको थियो।

यसअघि जारी भएको बिमा निर्देशिका २०७७ भने खारेजी भएको बिमा समितिले जनाएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बिमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा बिमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बिमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बिमकले शाखा कार्यालय खोल्नुपर्ने उल्लेख छ ।

बिमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बिमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बिमा लेखको हकमा छोटो अवधिका लागि बिमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बिमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।