देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेचबिखनका लागि भारत लैजादै गरिएकी किशोरीको महेन्द्रनगर बसपार्कबाट उद्धार

देशान्तर

काठमाडाै‌ं– मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ। काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्‍याएको खुलेको छ ।

“काठमाडौँमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए”, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, “किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।” किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ ।