देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्वत अस्पतालमा कर्मचारीको करार सकिँदा उपचारमा समस्या

देशान्तर

काठमाडौं – पर्वत जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने थियो।उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेसन वार्ड, ओपिडी, ल्याब, लगायतका विभिन्न भागमा कार्यरत रहँदै आएका थिए।

१५ शय्याको अस्पताललाई स्तर वृद्धि गरेर ५० शय्या क्षमताको बनाउने योजना अनुसार करोडौंको लगानीमा आधुनिक भवनहरू बनेका छन्। पुरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण भएपछि सेवा विस्तार हुनुपर्नेमा सेवा झनै साँघुरो बन्ने अवस्था आएको छ।

कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चार जना कार्यालय सहयोगीहरूलाई करारमा राखिएको थियो।

पछिल्लो पटक प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन्।

अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार अहिले अस्पतालमा आठ जना मेडिकल अधिकृत, दुई जना डेन्टल अधिकृत, ल्याबमा पाँच जना, इमर्जेन्सीमा पाँच जना, इनडोरमा छ जना, एक्सरेमा दुई जना, फार्मेसीमा तीन जना र काउन्टरमा पाँच जना कार्यरत रहेका छन्।

यी बाहेक सरकारी तथा गैह्र सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरूमार्फत उपलब्ध भएका केही कर्मचारीहरू कार्यरत रहेका छन् भने त्यसरी आएका केही कर्मचारीहरूको पनि करार सम्झौता सकिएको छ। अहिले दुई जना कार्यालय सहयोगी सहित १२ जना कर्मचारीहरू स्थायी दरबन्दीमा रहेका छन्।

‘१२ जना स्थायी कर्मचारीको भरमा त यत्रो अस्पताल चल्ने कुरा नै भएन। करारका कर्मचारीहरूको ठुलो भर छ तर उहाँहरूकै सेवा करार सम्झौता थप नभएपछि कसरी यहाँको सीमित जनशक्तिले भार थेग्न सक्लारु’, उनी भन्छन्, ‘बिरामी भर्ना गरेर राखौँ, हेर्ने स्वास्थ्यकर्मीको अभाव हुन्छ। ओपिडीमा भएको उस्तै चापलाई कसरी धान्नेरु बिरामीहरू अन्यत्र जानुपर्ने बाध्यता आयो।’

अस्पतालमा भर्ना गरेर राखिएका २३ जना भन्दा बढीलाई राख्न नसकिने अवस्था रहेकोले उनीहरू ‘डिस्चार्ज’ भएपछि मात्रै अरू बिरामीलाई भर्ना गर्न सकिने उपाध्याय बताउँछन्। शय्या अभाव भएको अवस्थामा बिरामीहरूलाई भुईँमा नै राखेर उपचार दिन आफूहरू तयार रहेको भए पनि जनशक्तिका कारण समस्या भएको उनको भनाई छ।

अस्पताललाई ५० शय्या क्षमतामा स्तर वृद्धि गर्नका लागि ‘ओ एन्ड एम’ ‘सर्भे’ गरेर प्रदेशले स्वीकृति दिएपछि मात्रै ५० शय्या अनुसारको जनशक्ति र अन्य स्रोत तथा सुविधाहरू थप हुने भएकाले प्रदेशको स्वीकृतिको पर्खाइमा आफूहरू रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीको भनाई रहेकाे ।

कोभिडको संक्रमण फेरि बढ्दै गइरहेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको झनै आवश्यकता परेको बेलामा उनीहरूकै सेवा सम्झौता नहुँदा बिरामीले सास्ती खेप्नु पर्ने उनको भनाई छ।

स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा रहेको जनशक्तिलाई केही समय अस्पतालमा काजमा पठाएर भए पनि जिल्लाको ठुलो अस्पतालको समस्या समाधान गर्नुपर्ने गिरी बताउँछन्।

पर्वत अस्पतालले पछिल्लो समयमा जटिल अवस्थामा रहेका सुत्केरीहरूको समेत शल्यक्रिया गर्दै आएका कारण नागरिकको ठुलो विश्वास पाएको छ।

जसका कारण एक वर्षको अवधिमा चार सय पाँच महिलाले बच्चा जन्माएका छन् भने यी मध्येका २८ जनाको जटिल अवस्थामा शल्यक्रिया गरेर बच्चा निकालिएको छ। अहिले पनि ओपिडीमा दैनिक करिब साढे दुई सय जनासम्म बिरामीहरू आउने गरेका छन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले अस्पतालमा रहेको यो समस्याका बारेमा प्रदेशमा कुराकानी गरेको बताउँछन्। प्रदेशले गर्ने निर्णय आफूहरूले चाहेकै बेलामा नहुने भएकाले तत्कालका लागि समस्या समाधान गर्न स्थानीय तहहरूले पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ।