देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकल चोरी गर्ने पक्राउ

देशान्तर

काठमाडौं – नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक नम्बर बा८३प ९२८१ नंको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा८४प ६९०७ बनाएर चलाएकाले बन्जारालाई पक्राउ गरिएको जानकारी दिए। उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागी प्रहरी बृत्त बौद्ध पठाइएको प्रवक्ता भट्टले बताए।