देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ

देशान्तर

काठमाडौं – विभिन्न मुलुकका लागि नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष कार्यक्रममा नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राजदूत डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तमाङ (दक्षिण अफ्रिका) डा. शर्मिला पराजुली ढकाल (स्पेन), मिलनराज तुलाधार (रुसी महासंघ) र प्रा. डा. रामस्वार्थ राय (डेनमार्क) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।