देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र पाइने

देशान्तर

काठमाडौं – प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ ।

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए। विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए ।

यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए। कार्यालयले आगामी एक हप्ताभित्र लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ।

प्रदेशमा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट चालक अनुमतिपत्र वितरण गर्ने गरिन्छ ।