काठमाडौं – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ बाट संक्रमित भएका छन् ।
मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको हिजो पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीनजनामा कोभिड संक्रमण देखिएको हो ।
पिसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ ।
उनिहरु सबै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ ।





प्रतिक्रिया