देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एन्फाको दोस्रो कार्यसमितिको बैठक साउन २६ गते बस्ने

देशान्तर

काठमाडौं – एन्फाको दोस्रो कार्यसमितिको बैठक साउन २६ गते बस्ने भएको छ । दुईपटकसम्म स्थगित भएको एन्फाको दोस्रो कार्यसमितिको बैठक साउन २६ गते बिहीबार बस्ने भएको हो ।

साउन २६ गते बिहान १० बजेका लागि बैठक बोेलाइएको एन्फाले जनाएको छ । सातदोबाटो एन्फा मुख्यालयमा हुने बैठकमा यसअघिकै १८ वटा एजेन्डामा छलफल हुने छ । यो बैठक सुरुमा साउन २ गतेका लागि बोलाइएको थियो ।

एन्फा अध्यक्ष अस्वस्थ भएर अस्पताल भर्ना भएपछि पहिलो पटक स्थगित भएको बैठक त्यसपछि साउन ५ गतेका लागि बोलाइएको थियो । साउन ५ गते उपस्थितिको विषयमा विवाद भएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित भएको घोषणा गर्दै बाहिरिएका थिए।

अब बस्ने भनिएको बैठकमा एन्फाको सीईओ, साहायक महासचिव लगायतको नियुक्ति, महिला साफको आयोजनाको बारेमा र एनएसएलको विषयका मुख्य एजेन्डामा छलफल केन्द्रित रहने छ ।