देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फिनल्यान्डका राजदूतले भेटे राष्ट्रपति

देशान्तर

काठमाडौं – नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टिनेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

शीतल निवासमा आज (बुधबार) भएको भण्डारी-एन्टिनेनबीचको भेट बिदाइ भेट भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

भेटमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको पनि प्रवक्ता आचार्यले जानकारी दिए ।