देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावको मिति घोषणा हुन सक्ने, मन्त्रिपरिषद् बैठक बस्दै

देशान्तर

सरकारले विहीबार आसन्न संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ ।

त्यसका लागि विहीबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न उपयुक्त हुने सहमति गरेको थियो ।

गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहीबार घोषणा गर्दैछ । उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्मै प्रतिनिधिसभा जीवित राख्न पनि सत्ता गठबन्धन दलले समझदारी गरेको बुझिएको छ ।

निर्वाचन आयोगले मंसिर २ मा एकै चरणमा आम निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । निर्वाचनको तयारी गर्न न्यूनतम १ सय २० दिन चाहिने भन्दै आयोगले सरकारलाई मिति घोषणाका लागि ताकेता पनि गर्दै आएको थियो ।

संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान नभएकाका कारण उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म कार्यकाल कायम राख्ने विषयमा प्रमुख प्रतिपक्ष एमालेसमेत सकारात्मक रहेको बताइएको छ ।