देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्थमन्त्रीबारे छानबिन गर्न बनेको समितिले थप प्रश्न उब्जाएको छ : सुवास नेम्वाङ

देशान्तर

दाङ – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको उनले बताए ।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । बरु थप प्रश्नहरु जन्मायो ।’

उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्ने उनले बताए । ‘छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन रु उहाँहरुले त्यसलाई किन रोक्नु भयो रु त्यहाँ निर प्रश्न छ,’ उनले भने ।
उनले प्रतिपक्ष दल एमालले सुरुदेखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको बताए । ‘दोस्रो दिनदेखि नै हामीले सीसीटीभी फुटेज देखाउन भन्यौं’ उनले भने, ‘तर १३ दिनमा आएर फुटेज नै मेटाइयो । हामीले प्रश्न गर्न साथ त्यसलाई मेटाउने काम भयो ।’

पूर्वसभामुख समेत रहेका नेम्वाङले संसदमा उठेका सबै प्रश्नको जवाफ अब जनताले नै दिने बताए ।

उनले मुलुकमा एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री शर्माको प्रकरणकालगायतका प्रकरणबारे संसद र सरकारबाट जवाफ नआउने बताए । ‘अब कुनै पनि प्रश्नको जवाफ संसद र सरकारबाट आउँदैन’ उनले भने, ‘मंसिर ४ गते चुनाव घोषणा भइसकेको छ । अब यी सबै कुराको जवाफ जनताले नै दिनेछन् ।’