देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठकमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुँदै

देशान्तर

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे शुरु हुनेछ ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।

माओवादी सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा एक सय एक को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम एक सय ६१ को उपनियम एक बमोजिम प्रस्तुत गरेको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि लामो समयपछि छलफल अघि बढन लागेको हो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट पास भई आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची पनि समावेश छ ।