काठमाडौँ – पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १४ दशमलव ५९ प्रतिशत हो ।
यही अवधिमा चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकौ छ । अहिले नेपालमा पाँच हजार ६ सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १६ हजार नौ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया