देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

देशान्तर

दाङ – दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।