देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाकाली नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाडौं –  महाकाली नदीमा पानीको वहाव उल्लेख्य बृद्धि हुने भएकाले सतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको सूचनानुसार आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ भने कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने जनाएको छ । यता कोशी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने जनाएको छ ।

महाकाली नदी र आसपासका क्षेत्रमा पानीको सतह बढ्ने साना तथा ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ।